रेडियो नेपाल पोखरालाई उत्कृष्ठ बनाउने प्रमुख शान्ति गुरुङको प्रतिवद्धता

-


     नयाँ लिपि    
     मंसिर ५ गते २०८१ मा प्रकाशित


पोखरा । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराकी कार्यालय प्रमुख शान्ति गुरुङले कार्यालय एवम प्रसारण सेवालाई उत्कृष्ठ बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन ।

नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराको कार्यालय प्रमुखमा पदोनती भएकोमा शान्ति गुरुङलाई बुधवार तमु धिं नेपाल ले एक कार्यक्रम गरि बधाई एंव शुभकामना दिएको छ ।

तमु धिं नेपाल, आमा समिति र युवा समितिले कार्यालयमा आई बधाई तथा शुभकामना प्रदान गरेकोमा धन्यवाद व्यक्त व्यक्त गर्दै प्रमुख गुरुङले २७ वर्षदेखि सेवामा आफ्नो निरन्तरता, सेवारत रहदैको कार्यालय प्रमुख हुने सपना, समुदाय, कार्यरत सहकर्मीहरु,संघ संस्थाहरुको साथ एवम वातावरण र अग्रजको आर्शिवादले समेत आफुले जिम्मेवारी प्राप्त गरेको बताईन ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रेडियोमा पहिलो पटक महिला साथै गुरुङ समुदायबाट कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेकोमा खुशीका व्यक्त गर्दै प्रसारण सेवा सबै नेपालीले अपनत्व हुने गरि कार्य गर्न सुझाए ।

उक्त कार्यक्रममा तमु धि.नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङ,तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्र गुरुङ,तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।