फेस्टिबल अन्तरगत ५ ए साईड फुटबलको सेमिफाइनल सम्मको समिकरण पुरा

fishtail hospital

पोखरा । पोखरामहानगरपालिका २५ हेम्जा अम्मटमा जारी प्रथम ‘आर एस बिच एण्ड फिस फेस्टिबल २०८१’ अन्तरगत ‘५ ए साईड’ फुटबलको सेमिफाइनल सम्मका समिकरण पुरा भएको छ । आज (आइतबार) ५ ए साईड फुटबल प्रतियोगिताको सेमिफाइलका खेल सम्पन्न भएको थियो । आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा चरि सुसान एफसी र दोस्रो सेमिफाइनल खेलमा आयोजक आर एफसी विजयी भएको छ । चरि सुसानले बिल्डिङ एफसीलाई ५–२ गोल अन्तरले र आयोजक आर एफसीले हेम्जा २५ लाई ५–२ गोल अन्तरले पराजित गर्दे फाइनलको यात्रा तय गरेको हो । फेस्टिबलमा बल्छि हान्ने प्रतियोगिता,गोरु बाट दाइ हाल्ने तथा भेटा्न फुटबल,घोडा दौड प्रतियोगिता रहेको छ । अब सबै खेलको फाइनल कार्तिक ३० गते गरिने आयोजक आर एफसी क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।

पोखरा महानगरपालिका २५ हेमजा कास्की स्थित एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना गर्न लागेको आर.एस.क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।

धार्मिक पर्यटन तथा खेल पर्यटकद्धारा सो क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आयोजना हुने उक्त फेस्टिभल अन्तरगतको ५ ए साईड फुटबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार र द्धितिय हुनेले २५ हजार नगद प्राप्त गर्ने छन । प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्डर र हाईस्कोररलाई पुरस्कारको व्यवस्था रहेको छ ।

घोडा दौड प्रतियोगिता प्रथमलाई २० हजार र द्धितियलाई १० हजार नगद र बल्छि हान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई पनि आर्कषक पुरस्कार रहेको आयोजकले जनाएको छ । फेस्टिबल अन्तरगतको साइकल र्याली र फ्री स्टाइल फुटबल खेल सम्पन्न भई सकेको छ। फेस्टिबल कार्तिक ९ गते देखि सुरु हुने भएको थियो ।

Scroll to Top