साफ महिला फुटबल : प्रशिक्षकलाई जन्मदिनमा गोलको उपहार

-


     नयाँ लिपि    
     कार्तिक ५ गते २०८१ मा प्रकाशित


साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत आज (सोमबार) भएको खेलमा माल्दिभ्सलाई ११ गोलले हराउदै नेपाली खेलाडीेहरुले प्रशिक्षक राजेन्द्र तमाङलाई जन्मदिनको उपहार संगै खुसी दिएका छन । काठमाडौको दशरथ रंगशालामा नेपालले एकहोरो ११ गोल गर्दे नेपाली फुटबलमा अब्बल सावित गरेको छ ।

नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरिन । रेखाले ५ र प्रीतिले ३ गोल गरिन ।

खेलको पहिलो हाफमै ४ गोलले अग्रता लिएको नेपालले माल्दिभसलाई खेलको अन्तिम समय सम्म एकहोरो प्रहार गरि रह्यो ।

नेपालका लागि सविता रानामगर, अमिषा कार्की र अनिता केसीले पनि एकएक गोल गरेका थिए ।

आजको खेलमा प्लेयर अफ दि म्याच रेखा पौडेल बनिन ।

भुटान संगको खेलमा फिनिसिङमा चुकेको नेपाली खेलाडीहरुले आज भने लयमा फर्केको देखिएको थियो । नेपालले आजको खेलमा गरेको गोलको वर्षा इतिहास समेत रचेको छ । यो भन्दा अघि २०१६ मा माल्दिभसलाई ९-०ले हराएको थियो । जुन खेलमा सावित्रा भण्डारी एक्लैले ५ गोल गरेकी थिईन ।

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।

माल्दिभ्सलाई हराएपछि नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालको २ खेलबाट ४ अंक भएको छ ।

भुटानको पनि २ खेलबाट ४ अंक छ । भुटानले सोमबार भएको खेलमा श्रीलंकालाई ४१ गोलले हराएको थियो । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ