वान डे क्रिकेट : पोखरा ५ विकेटले विजयी

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरिय वान डे क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा ८४ रनको विजयी लक्ष्य पाएको पोखरा क्रिकेट क्लबले ११.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

पोखराका लागि अर्जुन बुढाथोकीले ४८ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३० बलमा ४ चौका र ३ छक्काको मद्धतमा ४८ रन बनाएका थिए ।

ओपनर मुस्कान थापा १४ रनमा आउट भए । रोशन पौडेल र इशान श्रेष्ठ १ तथा मनिश भण्डारी शुन्यमै आउट भए । देव शाह १ र सुवाष भण्डारी ६ रनमा नटआउट रहे । लेकसाइड क्रिकेट क्लबका लागि यामलाल गिरि र जनक भण्डारीले २–२ तथा रवि गुरुङले १ विकेट लिए ।
त्यस अघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको लेकसाइड २५.५ ओभरमा ८३ रन बनाउँदै अलआउट हुन पुग्यो ।

लेकसाइडका लागि नविन खनालले १८ र खेम बहादुर गुरुङले १० बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ओपनर चन्दन सिंह पेला ९, विविन शर्मा ४, सरोज चौधरी ७, निजाम शेख १, रवि गुरुङ ५ रनमा आउट भए भने संजय यादव, दोर्जे लामा र जनक भण्डारी शुन्यमा आउट भए । यामलाल गिरि ४ रनमा नटआउट रहे ।

पोखराका लागि देव शाहले ६ ओभरमा १ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै सुवाष भण्डारीले ६ ओभमार ४ मेडनसहित ४ रन खर्चदै १ विकेट लिए । अनिश खड्का, अमन सुवेदी, मुस्कान थापाले समान १–१ विकेट लिए भने अर्जुन बुढाथोकीले २ विकेट लिए ।