पोखरा १५ मा ‘६’ ए साईड फुटबल प्रतियोगिता  हुने

-


     नयाँ लिपि    
     असाेज १२ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा १५ नयाँगाउँमा ६’ ए साईड एमेच्योर फुटबल प्रतियोगिता हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको फुटबल प्रतियोगिता असोज १५ देखि १९ गते संचालन हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पोखरा १५ को वडा कार्यालय नजिकको खेल मैदानमा हुने प्रतियोगिताको विजेता टिमले ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र एवं उपविजेताले नगद ३० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वधिक गोलकर्ताले जनही ३/३ हजार तथा अनुशासित टिमलाई नगद ५ हजार प्रदान गरिने प्रतियोगिता संयाेजक विकास गुरुङले बताए । 

नवप्रवेशी खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगितामा कुनै पनि डिभिजन र गोल्डकप नखेलेको खेलाडीहरुले मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

नयाँ गाउँ युथ क्लबको विषेष सहयोग रहने उक्त प्रतियोगितामा फ्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले द्दितिय पुरस्कारको प्रायोजन गरेको छ । त्यस्तै नयाँगाउँ आमा समुह , संगम टोल विकास संस्था लगायतको पनि सहयोग रहने आयोजकले जनाएको छ । 

दर्ता शुल्क ५ हजार राखिएको उक्त प्रतियोगितामा आयोजकले ४०  टिमको सहभागिता हुने अपेक्षा गरेको छ ।