अखिल नेपाल महिला संघ प्रदेशको  प्रथम सम्मेलन  पोखरामा सुरु (तस्विर सहित)

-


     नयाँ लिपि    
     असाेज ३ गते २०८१ मा प्रकाशित


पोखरा ।अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )गण्डकी प्रदेशको  प्रथम सम्मेलन आज (बिहिबार) देखि पोखरामा सुरु भएको छ । माओवादी (केन्द्र) निकट महिला संगठनले संविधान दिवसको अवसर पारेर प्रदेशस्तरिय सम्मेलन सुरु गरेको हो ।

‘महिला मुक्ति र आमूल परिवर्तनको निम्ति क्रान्तिकारी महिला आन्दोलन, समाजवाद प्राप्तिका लागि भन्ने मुल नाराका साथ गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना भएको प्रथम सम्मेलनको उद्धघाटन नेकपा माओवादी (केन्द्र)की उपाध्यक्ष पम्फा भुषालले गरेकी हुन ।

प्रदेशको ११ जिल्लाका ८५ पालिकाबाट प्रतिनिधित्व गर्दे महिला प्रतिनिधिहरुले सहभागिता जनाएको छ । पोखरामा आज बाट सुरु भएको सम्मेलनले पदाधिकारी र सदस्यसहितको नयाँ कार्यसमिति गठन गर्ने आयोजकले जनाएको छ । तस्विर : राधिका कँडेल