रेफ्री कुट्ने २ जना खेलाडीलाई एन्फा कास्कीको कार्वाही

-


     सुरज श्रेष्ठ    
     असाेज १ गते २०८१ मा प्रकाशित


पोखरा । कास्की जिल्ला फुटबल संघ (एन्फा)ले रेफ्री कुट्ने २ जना खेलाडीलाई कार्वाही गरेको छ । पोखराको खेल कुञ्ज एरिनामा एच के परिवारको आयोजनामा २७ गते भएको खेलमा रेफ्री कुट्ने सचेत गुरुङ र प्रताप गुरुङलाई कार्वाही गरेको हो ।

भदौको २७ गते टाईगर क्याफे र चाउथे एफसि बिच भएको प्रि–क्वाटर खेलमा टाईगर क्याफेका खेलाडी सचेत गुरुङले विपक्षी टोलीका खेलाडी अमृत कुवँरलाई खुट्टा भाचिने गरि गरेको ब्याट टयाकलका कारण रेफ्रि सन्तोष गुरुङले सचेतलाई रेड कार्ड दिएका थिए । त्यही रेडकार्ड दिएको भन्दै सचेत गुरुङले रेफि सन्तोष गुरुङलाई हातपात गरेका हुन ।

उक्त घटना पश्चात एन्फा कास्कीले रेफ्रि संघबाट आएको पत्रको आधारमा छानबिन गर्दा हातपात गर्ने खेलाडी दोषी भएको ठहर गर्देे सचेत गुरुङलाई २ वर्ष र उनलाई गलत कार्य गर्न उक्साउने प्रताप गुरुङलाई १ वर्ष एन्फाबाट स्वीकृत भएको क्लबहरुले आयोजना गर्ने कुनै पनि खेलमा भाग लिन नपाउने गरि प्रतिबन्ध लगाएको एन्फा कास्कीका उपाध्यक्ष नरेन्द्र जंग गुरुङले बताए ।

यो घटना संगै रेफ्रिहरुलाई पनि एन्फाको स्वीकृती बेगर खेल नखेलाउन सचेत गराएको अर्का उपाध्यक्ष नर प्रसाद गुरुङले बताए ।

पोखरामा पछिल्लो समय प्रत्येक दिन जस्तो व्याक्तिगत मुनाफा कमाउने उद्धेश्यले लाखौको धन राशीको पुरस्कार राखेर प्रतियोगिता आयोजना गर्ने ट्रेन बढ्दो छ । यसमा फुटबल संघ र संबन्धित खेल संघले लगाम नलगाए यस्ता घटना अझ नबढ््ला भन्न सकिन्न ।