पलेशालाई पोखरामा सम्मान गर्नेको ओईरो

-


     सुरज श्रेष्ठ    
     भाद्र ३० गते २०८१ मा प्रकाशित


पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गर्ने संस्थाको ओईरो लागेको छ । 

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई आज (आईतबार) पोखराको रङशालामा एक कार्यक्रम बिच विभिन्न संघ संस्थाले नगद सहित सम्मान गरेको हो ।  

गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयूक्त आयोजना भएको सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाले २ लाख २२ हजार २ सय २२ नगद  सहित सम्मान पत्रले सम्मान गरेको हो । 

नेपाली खेलदुद इतिहासमा अहिले सम्म पाएको ठुलो पदक भएकोले पलेशालाई गण्डकी प्रदेश सरकारले पनि १ लाख ५० हजार नगद सहित सम्मान गरेको छ ।

सोही कार्यक्रममा गण्डकी प्रदेश प्रमुख सुरेन्द्रराज पाण्डेले पलेशालाई मासिक भत्ता उपलब्ध गराउने घोषणा समेत  गरेका छ्न ।

सोही कार्यक्रममा कास्कीजिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार एक सय ५५ रुपियाँसहित सम्मान गरे । 

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी हुन । 

 पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी हुन । उनी चाईनामा आर्किटेक इन्जिनिएरको कोर्ष समेत गर्दै छिन । कार्यक्रममा बोल्दै पलेशाले हार बाट पाठ सिक्दै कडा मेहेनेत गरे सफलता प्राप्त गर्न सक्ने बताईन । तस्विर : राधिका कंडेल