Skip to content
Home » विद्यालय स्तरिय ब्याडमिन्टन च्याम्पियन मैत्रिय पाठशाला

विद्यालय स्तरिय ब्याडमिन्टन च्याम्पियन मैत्रिय पाठशाला

  • by Naya Lipi

पोखरा । पोखराको रंगशालामा शुक्रबार देखि सुरु स्व.इन्द्र बहादुर गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय पाठशाला च्याम्पियन बनेको छ । सम्पन्न खेलमा १२ अकं बटुल्दै मैत्रिय पाठशाला च्याम्पियन बनेको हो । ११ अकं सहित मदरल्याण्ड दोस्रो र १० अकं बटुल्दै प्रतिभा बोडिङ स्कुल तेस्रोे भए ।

शनिबार सम्पन्न भएको खेलमा कक्षा १ देखि ५ सम्मका छात्र सिंगल तर्फ मैत्रिय पाठशालाका मिजास उदास प्रथम,मैत्रिय पाठशाला कै प्रसिद दुरा द्धितिय,सेन्ट फ्रान्सिसका उज्वल थापा र न्यूमिलिनियमका साइमन भण्डारी तृतिय भए ।

छात्रा तर्फ प्रतिभा बोडिङ्गका सेरिन प्रधानाङ्ग प्रथम,मैत्रियका प्रथिसा शर्मा द्धितिय,रेन्बो एकेडेमीका अभिलासा अधिकारी र बाल प्रतिभा बोडिङ्गकी स्वास्तीका तिमिल्सना तृतिय बनिन ।

कक्षा ६ देखि ८ सम्मको छात्रा सिंगल्स तर्फ मैत्रिय पाठशालाका निभा राई प्रथम,कास्की मोडनाइज स्कुलकी खुसी दाहाल द्धितिय,प्रगती बोडिङ्गका अंशु परियार र स्टेप वाइ स्टेपका आकृती थापा तृतिय भइन ।

छात्र तर्फ पोखरा पब्लिक स्कुलका अमृत थापा प्रथम,गेजराज कार्की द्धितिय,सैनिक आवसिय माविका प्रसन्न क्षेत्री र कञ्चन जंगा स्कुलका सक्षम गुरुङ तृतिय भए । कक्षा ९ देखि १० सम्मको छात्र तर्फ हिमालयन बोडिङ्ग स्कुलका साईमन कार्की प्रथम,मैत्रियका अभिराज शेरचन द्धितिय,प्रगती बोडिङ्ग स्कुलका पवन गुरुङ र करुण पौडेल तृतिय भए ।

छात्रा तर्फ सेन्ट मेरिजकी दिलसा राना प्रथम,अम्मरसिंह माविका रक्षा पगामी द्धितिय,एसओएसका छिरिङ याङतेन र दावा नाम्दु तृतिय बनिन ।

कक्षा ११ देखि १२ सम्मको छात्र सिंगल्स तर्फ मदरल्याण्ड बोडिङ्ग स्कुलका दिप राना प्रथम,प्रतिभा बोडिङ्गका सुमित सुनार द्धितिय,मदरल्याण्डका पृथक गुरुङ र प्रतिभा बोडिङ्गका विज्ञान भण्डारी तृतिय भए ।
छात्रा तर्फ मदरल्याण्डका विसिस्ता केसी प्रथम र उपसना पौडेल द्धितिय, मदरल्याण्डका दिपिका आले र एसओएसका छिरिङ डोल्मा लामा तृतिय बनिन ।

सम्पन्न फाइनल खेलमा कक्षा ११ र १२ तर्फ छात्र डबल्स फाइनलमा प्रतिभा बोेडिङका विज्ञान भण्डारी र सुमित परियार प्रथम,अमरसिंह माविका बसन्त पौडेल र निश्चल गुरुङ द्धितिय,सैनिका अनुप थापा र शुसन कुँवर र मदरल्याण्डका दिप राना र पृथक गुरुङको जोडीले तेस्रो स्थान प्राप्त गरे ।

यसै गरि उदयमान खेलाडीको पुरस्कार कास्की मोडनाइजका खुसी दाहाल र पोखरा स्पाइरलका गेजराज कार्कीले प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई कास्की जिल्ला ब्याडमिन्टन संघका संस्थापक अध्यक्ष जयराम हमाल,सल्लाहकार बाबुराम पन्त,स्व.इन्द्र बहादुर गुरुङको श्रीमति जगदेश्वरी गुरुङ,छोरी कञ्चन गुरुङ,प्रतियोगिता संयोजक विशाल खड्का,सचिव फणिन्द्र तिमिल्सना,अध्यक्ष शुसिल श्रेष्ठ लगायतले ट्रफि,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा ४० स्कुलका १ सय ९५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version