२३ औं संस्करणको आहारारा गोल्डकपमा करिब १६ लाख घाटा

-


     सुरज श्रेष्ठ    
     भाद्र २७ गते २०८१ मा प्रकाशित


पोखरा । सहारा क्लबले आयोजना गरेको २३ औ संस्करणको आहा रारा पोखरा गोल्डकप घाटामा गएको छ ।

बिहिबार सहारा क्लबले पोखरामा पत्रकार सम्मेलन गरि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १५ लाख ३३ हजार ९ सय ७ घाटा भएको जनाएकोे हो । नेपालमा आर्थिक मन्दी भएको कारण घाटा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशब बरालले बताए । सहारा क्लबले कोभिड जस्तो महामारीको समयमा फुटबल प्रतियोगिता आयोजना गर्दा पनि यति ठुलो रकम घाटा व्यहोरेको थिएन ।

आहा रारा गोल्डकप प्रतियोगिताको इतिहासमा अहिले सम्मकै ठुलो घाटा हुदाँ क्लब संचालनमा नै बाधा पुग्ने हो कि भन्ने अधिकाशले चिन्ता व्यब्त गरेका थिए ।

क्लबले प्रतियोगिता सम्पन्न भएको झण्डै ७ महिना पछि आय-व्याय सार्वजनिक गरेको हो । सहारा क्लबले एकेडेमी संचालन सहयोगार्थ हरेक वर्ष हरेक संचालन गर्दे आईरहेको आहा रारा गोल्ड कप नेपालकै चर्चित फुटबल प्रतियोगिता मध्यमा पर्दछ ।

नेपाली फुटबल विकासमा अनवरत रुपमा लागि रहेको क्लबले आयोजना गर्दे आएको प्रतियोगितामा आयोजकले घाटा व्यहोरर्दे जाने हो भने फुटबल विकासमा पनि ठुलो क्षति पुग्न सक्छ । चेल्सीक्लबको अनर शेयर पाएको यो क्लब संसार भर चर्चामा छ ।

यस क्लबले आयोजना गर्ने प्रतियोगिताको यस्तो हविगत हुदाँ कतै नेतृत्व तह नै असक्षम हो कि भन्ने आशंका गर्न पर्ने देखिन्छ । आज सम्पन्न भएको पत्रकार सम्मेलनमा क्लबले विशेष टिम बनाएर कहाँ के कारणले यति ठुलो घाटा हुन पुग्यो भन्ने विषयमा सुष्म अध्ययन गर्ने जनाएको छ ।

उक्त पत्रकार सम्मेलनमा क्लबका एक सदस्यले १ लाख १५ हजार क्बललाई जानकारी नदिई रकम उठाएर आफैले उपभोग गरेको र सो रकमको चेक दिएकोमा अहिले सम्म नसाटिएको बताए । उनको चेक बाउन्समा राखेर कानुनी प्रकृया अघि बढेको समेत क्लबले जनाएको छ । सहारा क्लबले संचालन गरेको एकेडेमी संचालन गर्न वार्षिक ४२ लाख खर्च हुने र उक्त एकेडेमि संचालनकै लागि प्रत्येक वर्ष आहा रारा गोल्डकप गर्दे आई रहेको छ । स्मरण रहोस विश्वभर कोभिड महामरीको समयमा पनि सहारा क्लबले फुटबल प्रतियोगितालाई निरन्तरता दिएको थियो ।