श्रीमानको खुकुरी प्रहारबाट श्रीमतिको मृत्यु

-


     नयाँ लिपि    
     भाद्र २६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका ८ मा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीको अन्नपुर्ण गाउँपालिका १ नौंडाडा स्थायी घर भएका ४२ वर्षिय जहरसिंह कुवँरले आफ्नै श्रीमति ४० वर्षिया राधिका कुवँरलाई घाँटीमा र पेटमा खुकुरी प्रहार गरि घाईते बनाएको थियो । सामान्य विवाद हुदाँ पोखरा ८ कुवँरटोलमा रहेको आफ्नै डेरामा जहरसिंहले श्रीमतिलाई खुकुरी प्रहार गरेका हो ।
खुकुरी प्रहारबाट घाईते भएका राधिकालाई उपचारको लागि पोखरा रामघाट स्थित पश्चिमाञ्चल अस्पताल ल्याई चेकजाँच गर्दा उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको हो । मृतकका श्रीमानलाई प्रहरीले खुकुरी सहित प्रकाउ गरेको छ ।उनीहरुको १ छोरा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी कार्यालयले जनाएको छ ।