युनाइटेडको होम ग्राउण्डमा लिभरपुलको शानदार जित

-


     नयाँ लिपि    
     भाद्र १७ गते २०८१ मा प्रकाशित


इङ्लिस प्रिमियर लिग (इपिएल) मा  लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ।

लगातार तेस्रो खेला जित निकाल्ने क्रममा लिभरपुलले आइतवार युनाइटेडलाई‌ ३–० ले हरायो। युनाइटेडलाई उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे।

डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलमा नियन्त्रण बनाएको लिभरपुलका लागि सलाहले ५६औं मिनेटमा गोल थपे।

लिभरपुल ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। युनाइटेड ३ अंकका साथ १४औं स्थानमा छ।

इपिएलको तेस्रो राउन्डको खेल सकिदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम छ। १८ टोलीले कम्तिमा १ अंक जोड्दा समउथह्याप्टन र एभर्टन अंकविहिन छन्।