Skip to content
Home » राधाकृष्ण मन्दिरमा महाआरती

राधाकृष्ण मन्दिरमा महाआरती

  • by Naya Lipi

पोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ ।

राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।

विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ ।

महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गर्नुुभयो ।

कार्यक्रममा राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक एवम् महाआरतीका संयोजक प्रकाश उपाध्याय रेग्मी, शिक्षक दामोदर गौतम, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाल लगायतले बोल्नुुभएको थियो ।

महाआरती अन्तर्गत तीनवटा आरती गरिएको थियो । यहाँ हुने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले रु १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्नसक्ने व्यवस्था मिलाइएको छ । महाआरती प्रत्येक एकादशीका दिन अपराह्न ५ः३० बजे हुने जनाइएको छ ।

आजको महाआरतीमा मुख्य कर्ताका रुपमा राधा गुुरुआमा, गोपालदाशी ढकाल र मनोहरि भण्डारी रहनुुभएको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version