साफ यु-२० : फाइनलमा नेपाल पराजित

-


     नयाँ लिपि    
     भाद्र १२ गते २०८१ मा प्रकाशित


साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल ४-१ गोलले पराजित भएको हो। 

बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नोभाले समान १/१  गोल गरे । 

पहिलो हाफमा १ गोल्ले पछि परेको नेपाल दोस्रो हाफमा ३ गोल खान पुग्यो । नेपालका लागि समिर तामाङ्ले सान्त्वना १ गोल फर्काए । बंगलादेश का मिलजुलले पहिलो हाफको अन्त्यमा फ्रि-किक मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५औं मिलजुल इस्लामले अर्को १ गोल गर्दै व्याक्तिगत दोस्रो गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।

७१औं मिनेटमा मिलजुलको पासमा रब्बी हुसेनले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए।

त्यसपछि खेलको ८१औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ को अबस्थामा ल्याए। तर, इन्जुरी समयमा बंगलादेशका लागि नाेभाले गाेल गर्दै ४-१ काे जित दिलाउँदै बंगलादेश च्याम्पियन बन्यो।

पराजयसँगै नेपालको घरेलु मैदानमा च्याम्पियन बन्ने सपना अधुरै रह्यो।

यसअघि नेपाल पहिलो सेमिफाइनल भुटानलाई र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउमा हराउँदै फाइनल यात्रा तय गरेको थियो  ।