आँबुखैरेनी-मुग्लिन सडक खण्ड सोमबार ३ घण्टा बन्द हुने

-


     नयाँ लिपि    
     भाद्र ९ गते २०८१ मा प्रकाशित


पोखरा ।  पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड सोमबार बिहान ३ घण्टा बन्द हुने भएको छ । सोमबार बिहान ६ः३० देखि १० बजेसम्म सडक बन्द हुने भएको हो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराअन्तर्गत सडक डिभिजन दमौलीले आइतबार सूचना प्रकाशित गरी सोमबार राजमार्ग बन्द हुने जानकारी गराएको हो ।

सो क्षेत्रमा पहिरो नियन्त्रणका लागि काम गरिने र सो काम गर्दा जोखिम हुने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।