Skip to content
Home » तायाःमचा नृत्य: बागबजार ताया मचा र लामाचौर नेवा खल प्रथम

तायाःमचा नृत्य: बागबजार ताया मचा र लामाचौर नेवा खल प्रथम

पोखरा । पोखरामा भएको तायाःमचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिती र महिलातर्फ लामाचौर नेवा खल प्रथम भएका छन् ।

शनिबार नयाँबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा आयोजित प्रतियोगितामा उनीहरु प्रथम भएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ रानिपौवा ताया मचा नाच समिति,रानिपौवा, गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल, गैह्रापाटन नेवा समाज, गैह्रापाटन क्रमश द्वितिय, तृतिय र सान्त्वना भएको प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

यस्तै महिलातर्फ समाज कल्याण नेवा खल राजाको चौतारोले द्वितिय र रुपा देउराली नेवा खल, रुपा गाउँपालिका कास्कीले तृतिय स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा प्रथम भएकालाई ३ लाख १ रुपैयाँ, द्वितीयलाई २ लाख १ रुपैयाँ, तृतीयलाई १ लाख १ रुपैयाँ र सान्त्वनालाई १० हजार १ रुपैयाँ र यस्तै, महिलातर्फ प्रथमलाई ४० हजार १ रुपैयाँ, द्वितीयलाई ३० हजार १ रुपैयाँ र तृतीयलाई २० हजार १ रुपैयाँ सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

पोखरामा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुँदै आएको तायाःमचा नृत्य गाईजात्रा पछिको पहिलो शनिबार आयोजना हुँदै आएको छ ।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ ।प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरि २८ टोलिको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version