मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा बस पल्टियो,२५ जना घाईते

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गुडिरहेको बसमाथि ढुंगा खस्दा पल्टिदा २५ जना घाईते भएको छ । 

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खस्दा बस अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले बताएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ ।