चोरीको सुन किन्ने र बेच्ने प्रहरीको फन्दामा

-


     नयाँ लिपि    
     श्रावण २८ गते २०८१ मा प्रकाशित


पोखरा। पोखरामा चोरीको सुन किन्ने र बेच्ने दुवैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पोखरा  महानगरपालिका ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई  चोरीको सुन खरिद गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

आईतबार  दिउसो २ बजे  पोखरा ६ लेकसाईडमा २०  वर्षिया एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा  स्कुटर र मोटरसाईकल आएर चक्कु देखाई घाँटीमा राखि दुई तोला बराबरको सुनको सिक्री नगद १२ हजार र उनी संग भएको ब्याग लुटेको थियो ।  

घटना भएको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले  खोजी गर्दा पोखरा महानगरपालिका १८ बस्ने वर्ष ३७ को देवन गुरुङ, पोखरा महानगरपालिका १८ बस्ने वर्ष १९ को आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ ब्यास नगरपालिका ३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने वर्ष १८ को अनिश भट्टलाई पक्राउ  गरेको हो ।

उनीहरुले प्रयोग गरेका  ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटरसाईकल र खानतलासी गर्दा उनीहरूको साथबाट उक्त सुनको सिक्री नगद नगद १ लाख ३ हजार पाच सय बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरु पाचै जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।