नबिल बैंकको पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

-


     नयाँ लिपि    
     श्रावण १२ गते २०८१ मा प्रकाशित


पोखरा । नबिल बैंकले आफ्नो ४०औं वार्षिकोत्सवको अवसर पारेर देशभर विभिन्न कार्यक्रम गरिरहेको छ । यसै क्रममा आज गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए ।

शनिबार बिहान नबिल बैंक लेकसाइड शाखाबाट सुरु भएको वाकाथन वाराही मन्दिर गेट, फेवा फुट ट्रयाक हुँदै विभिन्न ठाउँ परिक्रमा गरी नबिल बैंक लेकसाइड शाखामै पुगेर समापन भएको हो । कार्यक्रममा पोखरास्थित बैंकका कर्मचारीहरु सहभागी थिए । पोखरासहित प्रधान कार्यालय काठमाडौं लगायत देशभर बैंकले सो कार्यक्रम आयोजना गरेको थियो ।बैंकले देशभर २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा दिदै आईरहेको छ ।