ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ

-


     नयाँ लिपि    
     श्रावण ८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको प्रस्याङबाट डिजेल चोरीको आरोपमा सोमबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ फिर्केपुल बस्ने १९ वर्षिय रोहित नेपाली र बाग्लुङ बसपार्क बस्ने वर्ष ४८ जिवन श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ ।

रोहित नेपालीले पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङमा पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी जिवन श्रेष्ठलाई चार हजारमा बेचेका थिए ।

डिजेल चोरी भयो भन्ने सूचना प्राप्त भए पश्चात वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा रोहित नेपालीलाई पक्राउ गरी सोधपुछ गर्दा नेपालीले चोरी गरेको पुष्टी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले खोजतलास गर्दा उक्त बस भित्र राखेको पानीको ३ वटा जारमा राखिएको ६० लिटर डिजेल बरामद भएको हुँदा दुबैजना व्यक्तिहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।