हाईलक्स र मोटरसाईकल ठोकिदाँ घाईते भएका मोटरसाईकल चालकको मृत्यु

-


     नयाँ लिपि    
     श्रावण ६ गते २०८१ मा प्रकाशित


पोखरा । आज (आईतबार) बिहान पोखराको हल्लनचोकमा हाईलक्स र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान ५:४० बजे ग ३ च ३४५७ नं. हाईलक्स र ग ११ प ९१ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ पोखरा ६ का २६ वर्षिय ईश्वर परियार घाईते भएका थिए ।

घाईते परियारलाई उपचारका लगि पोखराको गण्डकी मेडिकल कलेज पुर्याएको थियो । उपचारको क्रममा आईतबार बिहान ६:४३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटना स्थलबाट दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीले पोखरा १७ बस्ने बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भएका हाईलक्स चालक सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको जनाएको छ ।