चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

-


     नयाँ लिपि    
     श्रावण ४ गते २०८१ मा प्रकाशित


शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको थिए । उनको आमाको मोबाइलमा रातीको ८ बजे काकीको फोन आए पछि कान्ला माथि रहेको काकीको घरमा मोबाइल दिन जादाँ उक्त घटना भएको बन्दिपुर गाउँपालिका ५ का वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने बताए ।

घटना भएको स्थल

घाइते बालकलाई तत्काल बन्दिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालले बालकलाई मृत घोषण गरे लगतै उनको शव परिक्षणको लागि जिल्ला अस्पताल दमौली लगिएको अस्पतालले जनाएको छ । बालक उनकै आमा उमा देवी अछामी संगै बस्दै आएका थिए । तस्बिर ः ध्रुब प्रसाद लामिछाने

मृतक बालक (सुन्दर कुमाल)