युरोकप २०२४ : इङ्ग्ल्याड सेमिफाईनलमा प्रवेश

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित


युरोकपको भखरै सकिएको खेलमा स्विजरल्यान्डलाई पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाईनलमा प्रवेश गरेको छ ।

इङग्ल्यान्डले पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो ।

निर्धारित समयमा दुबै टीमबाट १/१ गोलको बराबरी भए पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

स्विजरल्यान्डका इमबोलाले खेलको ७५ औ मिनेटमा गोल गर्दै  अग्रता दिलाएका थिए । एक गोलले पछि परेको इङग्ल्याडले खेलाडी परिवर्तन गर्न लागेको तयारी गर्दै गर्दा खेलको ८० औ मिनेटमा साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले डि राईसले पास दिएको बललाई फिनिसिङ दिदै गोल गरेका हुन ।

मार्कुल स्पिएल फुटबल मैदानमा आज भएको खेलमा स्विजरल्यान्ड पराजित भए सङै स्विजरल्यान्ड्को युरोकप जित्ने सपना समाप्त भएको छ । 

चौथो पटक युरो कपको सेमिफाईनलमा पुगेको इङ्ल्याडले एक पटक युरो कप जितेको छ । अब इङग्ल्याड नेदरल्यान्ड र टर्की बिच अहिले भई रहेको खेलको बिजेता सङ्ग असार २७ गते बिहिबार सिग्नल इन्दुना पार्क स्टेडिएममा भिड्ने छ ।

नेदरल्यान्ड र टर्की बिच जारी खेलको पहिलो हाफमा टर्कीले १-० गोलले अग्रता लिएको छ