पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित


स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका ६ मा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ । ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । जसमा विरुवा गाउँपालिका ६ लामाखेतका ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षिय माधब शर्माको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

स्याङ्जा कै आधीखोला गाउँपालिका ४ सेपत भन्ने ठाउँमा पर्वत फलेबास नगरपालिका १ का ४० वर्षिय झलक पौडेललाई खोलाले बगाई ल्याएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

सोही पहिरोमा परि वेपता भिरकोट ५ स्वारेक जिमेरेका खेम कुमारी मल्लको खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ । पहिरो जादाँ उनी घर भित्रै रहेको स्थानीले बताएकाले उनीको खोजी कार्य जारी राखेको प्रहरी जनाएको हो ।

तस्विर : सामाजिक संजाल