नक्कली सुनको मूर्ति देखाई ३० लाख ठगी गर्ने पक्राउ

- पक्राउ पर्नेमा भारतिय सहित ५ जना रहेका छन

-


     नयाँ लिपि    
     असार १९ गते २०८१ मा प्रकाशित


काठमाडौं । नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्र वडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका ७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका २ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाडौं लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका १५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन् ।

कागेश्वपरी मनोहरा नगरपालिका(७ विष्ट गाउँ घर भएका ३१ वर्षीय पुरूषलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाई उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।