Skip to content
Home » निरमाया दोहोरी २० वर्षमा प्रवेश

निरमाया दोहोरी २० वर्षमा प्रवेश

  • by Naya Lipi

पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ ।

सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा तामाङ, निशा गुरुङले सांगीतिक प्रस्तुती दिनेछिन् भने मोडेल तथा डान्सर अशु गुरुङको प्रस्तुती दिनेछिन् ।

यस्तै दोहोरी साँझका नियमित कलाकारहरु टेक क्षेत्री, गुुप्त गुरुङ, विनोद गुरुङ, किसान नेपाली, टसबहादुर गुरुङ, सञ्जय गायक, प्रशान्त तामाङ, पाण्डव गुरुङ, याम बहादुर नेपाली, मनोज नेपाली, इन्द्रा गुरुङ, कल्पना आले, बत्तिकुमारी थापा, चिना थापा, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ, निरुता थापा मगर र निशा गुरुङको प्रस्तुती रहने छ ।
सोही कार्यक्रमको अवसरमा पछिल्लो समय लोकप्रिय बनेको (गोर्खे खुकुरी, सोल्टी बजारमा) गीतका सर्जक तथा गायक निश्चल दवाडीलाई सम्मान गरिने दोहोरी साँझले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version