नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

-


     सुरज श्रेष्ठ    
     असार १३ गते २०८१ मा प्रकाशित


पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे । पुलिसका लागि रोमन रानाले १ गोल गरेका थिए । फाइनल खेलमा आर्मीका मनोज चौधरी प्लेयर अफ दि म्याच बने ।

तेस्रो स्थानका लागि भएको खेलमा घरेलु टोली गण्डकीले कर्णाली प्रदेशलाई ७–१ ले पराजित गरेको छ । गण्डकीका लागि प्लेयर अफ दि म्याच समेत रहेकाअशिम बाहेकले ३ गोल गर्दा प्रेम विकले २, कुशल नेपाली र पवन परियारले समान १–१ गोल गरे ।

कर्णालीका लागि एक मात्र सान्त्वना गोल जिवन रावतले गरे । तेस्रो स्थान प्राप्त गरेको गण्डकीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरेको छ ।

यहि असार १० गतेबाट सञ्चालन भएको खेलमा नेपाल आर्मीका दिपेन्द्र ऐर प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।

त्यस्तै अन्य विद्यागततर्फ सबै उपाधि आर्मीका खेलाडीहरुले हात पारेका छन् । वेष्ट स्कोररमा प्रदिप राजवंशी, वेष्ट डिफेन्डर रोशन चौधरीले हात पारे भने इमर्जिङ प्लेयरको ट्रफी कर्णाली प्रदेशका शुसान्त रोकायले प्राप्त गरेका छन् । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे ।


नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगिता दुई विभागिय टोली र विभिन्न ६ प्रदेशका गरी ८ टिमको सहभागिता रहेको संघकी महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।