कारागारका महिलालाई सेनेटेरी प्याड,युरोगार्ड र म्याट्रेक्स वितरण

-


     नयाँ लिपि    
     असार ९ गते २०८१ मा प्रकाशित


पोखरा । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।

कार्यक्रममा सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले बताईन ।

मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायतको उपस्थिति थियो । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।