फेन्सिङ खेलाडीलाई बिदाई

-


     नयाँ लिपि    
     असार ३ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशको फेन्सिङ खेलाडीलाई आइतबार एक कार्यक्रम गरि विदाई गरेको छ ।
छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आज एक कार्यक्रम गरि विदाई गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का वोर्ड सदस्य राजेश गुरुङले उक्त विदाई कार्यक्रममा खेलाडीलाई अनुशासित भएर खेल्न आग्रह गर्दे स्वर्ण पदक जितेर ल्याउने गरि खेल्न भनेको छन । गुरुङले प्रतियोगिताबाट पोखरा फर्कने क्रममा मनकामना मन्दिर दर्शन गर्न गए केबलकारको टिकट आफले निःशुल्क उपलब्ध गराउने बताए

प्रतियोगिता असार ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने छ । उक्त प्रतियोगितामा गण्डकी,कोशी, वाग्मती, सुदुरपश्चिम प्रदेश र विभागिय टिम नेपाल आर्मी र सशस्त्र प्रहरी गरी ६ समुह विच प्रतिस्पर्धा हुने छ ।

महिला र पुरुष, सिंगल र समुहमा फोयल, स्यावल र एपे गरी ३ विधामा १२ स्वर्ण पदकको लागि हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट १० महिला र १२ पुरुष खेलाडि सहभागी भएका मुख्य प्रशिक्षक सन्दिप वरालले वताए ।

खेलाडीको साथमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र कार्यसमिति सदय शिव शर्मा तथा कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष अमृत पोखरेलको सहभागिता रहेको छ ।