यू– १५ विद्यालय खेलकुद प्रतियोगिता :

- बुद्धिचाल प्रतियोगिता सुरु

-


     नयाँ लिपि    
     जेठ ३० गते २०८१ मा प्रकाशित



जेठ ३० पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्तर्गत बुद्धिचाल बुधबारबाट शुरु भएको हो ।

प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालाराम पुनले जानकारी दिए ।

राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।
भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन ३ चरणको खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।