यु–१५ खेलकुद प्रतियोगिता : बास्केटबल संयोजकलाई मापसेमा परे पछि सिधै रेडकार्ड

- बास्केटबल संयोजकलाई मापसेमा परे पछि सिधै रेड कार्ड

-


     सुरज श्रेष्ठ    
     जेठ ३० गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा हिजोबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक मापसेमा परेका छन् । उनले मापसे प्रयोग गरेको भन्दै रंगशालाबाटै निकालिएको छ । बास्केटबल प्रतियोगिता बिहान ७ बजे हुने खेल तालिका थियो । तर उक्त खेलको संयोजक बास्केटबल संघका केन्द्रिय सचिव तथा प्रतियोगिता संयोजक रमेश खड्काले मापसे गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी आएर मापसे गरे नगरेको परीक्षण गर्दा मापसे गरेको भेटिएको हो ।

खेलकुद मैदान भित्र मापसे गरेर आउनु भनेको खेलकुद प्रति नै अपमान भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकी उनलाई के कस्तो कार्वाही गर्ने भन्ने छलफल भईरहेको बताए । खेल मैदानमा मापसे गरेर आउनु राम्रो होइन । गुरुङले भने ।
उनले प्रहरीलाई आफुले मापसे नगरेको बताइरहेका थिए । प्रहरीले मापसे जाँच गर्दा मापसे देखिदाँ समेत आफुले मापसे सेवन नगरेको बताएका थिए ।