Skip to content
Home » क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याइने

क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याइने

  • by Naya Lipi

पोखरा, २७ असोज/ नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सेवाग्राही तथा कर्मचारीबाट कारोबार गर्दा गरिने नगद रकमलाई विद्युतीय भुक्तानी माध्यमबाट लिन सकिने गरी क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याउने भएको छ । यससँगै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सर्वसाधारणले विदेशी मुद्रा खरिद, सिक्का खरिद तथा नयाँ/सुकिलो नोट लिँदा क्युआर कोड मार्फत् भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले माछापुच्छ्रे बैंक लिमिटेडसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका तर्फबाट निर्देशक आर्या जोशी र माछापुच्छ्रे बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख निलम गौतमले सम्झौतामा हस्ताक्षर गरे ।

वित्तीय कारोबारसँग सम्बन्धित भुक्तानीलाई नगदको सट्टा सबल, सक्षम, सुरक्षित र भरपर्दो विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकले विगत केही वर्षदेखि नीतिगत, प्रबद्र्धनात्मक एवम् संरचनागत व्यवस्था गर्दै आएको सन्दर्भमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट क्युआर कोड मार्फत् सेवा सञ्चालन गर्दा सो व्यवस्थालाई थप टेवा पुग्ने निर्देशक जोशीले बताइन् ।

विद्युतीय भुक्तानीका विभिन्न उपकरणहरुमध्ये ग्राहकहरुले मोवाईल एप वा मोवाईल वालेट प्रयोग गरी क्युआर स्क्यान मार्फत् गरिने भुक्तानी नेपालमा अत्याधिक प्रयोगमा आएकोले सो समेतलाई ध्यानमा राखी नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले क्युआर माध्यमलाई रोजेको उनको भनाई छ ।

विजया दशमीको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा यसपाली असोज २९ गतेदेखि सर्वसाधारणलाई लक्षित गरी प्रति व्यक्ति ५ देखि १०० सम्मको १/१ प्याकेट (रु.१८,५००।– बराबरको) नोट सटही गर्ने व्यवस्था मिलाइएको र यसमा सम्भव भएसम्म क्युआर कोडबाट सटही गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध निर्देशक जोशी आग्रह छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version