अबकाे पाँच वर्ष विकासका लागि : बिन्दु कुमार थापा

-


     नयाँ लिपि    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् । उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए । दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा विकासको लहर ल्याएको सुनाइन् । उनले विकासको लहर ल्याएपनि आफुहरुलाई अब खानेपानी र सडक आवश्यक परेको बताइन् ।

करिब ४० धुरी रहेको घरमा सोही हारहारीमा मतदाता पनि रहेका छन् । यस्तै प्रदेशसभा सदस्य उम्मेदवार थापाले आफुले सडक ल्याउनका लागि पहल गरेपनि प्राविधिक कारण नमिल्दा असफल भएको बताए । उनले आफुले पाँच वर्ष प्रदेशको संरचना बनाउने काममा व्यतित गरेको सुनाउँदै अबको पाँच वर्ष विकासका लागि रहेको स्पष्ट पारे । ‘हामीले यहाँ बाटो ल्याउने प्रयास अहिलेपनि जारी राखेकै छौँ तर यहाँ प्राविधिक कुरा नमिलेका कारण सडक जोडन सकिरहेका छैनौँ ’, उनले भने, ‘तत्कालै केहि गर्न सक्ने स्थिति छैन् । निर्वाचनको आचार संहिता लाग्छ त्यसैले निर्वाचन सकिएलगत्तै यसका लागि पुनः पहल हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।’ थापाले देश विकास गर्नका लागि स्थानीय, प्रदेश र संघमा एकै सरकार हुन आवश्यक रहेको सुनाए ।