नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा सुदुरपश्चिम प्रदेश विजयी

-


     नयाँ लिपि    
     असाेज ३० गते २०७९ मा प्रकाशित


पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ ।

आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो ।

प्रतियोगिताको पहिलो चरणमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो ।

यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मी संग पराजित भएको थियो ।