गुरुङ र तिमिल्सेनालाई पुरस्कार

-


     नयाँ लिपि    
     श्रावण १६ गते २०७९ मा प्रकाशित


गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ ।
पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।

गुरुङ र तिमिल्सेना पोखरामा २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । गुरुङ विशेषतः फोटो पत्रकारिता क्रियाशील छन् । तिमिल्सेना रेडियो नेपाल र गण्डकी बहस डटकममा आबद्ध छन् ।

प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार कोमलनाथ बराल, सदस्य कृष्णप्रसाद बाँस्तोला, श्याम कुँवर, पत्रकार महासंघ अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल रहेको समितिले गरेको सिफारिसलाई महासंघको आइतबारको बैठकले अनुमोदन गरेको हो ।