एमसिसीको विरोधमा सुरजको गीत

-


     नयाँ लिपि    
     फागुन ७ गते २०७८ मा प्रकाशित


अमेरिकी परियोजना एमसिसीबारे देशका शक्ति विभक्त भएका बेला जनपक्षीय लेखक, कलाकार भने यसको लेख, रचना र गीतबाट विरोध गरिरहेका छन् । यसै क्रममा पोखराका गीतकार सुरज उपाध्यायको गीत ‘नो एमसिसी’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । गीतले भन्छः

खाए खा, नखाए घिच अमेरिका भन्छ
भन साथी भीख मागेर देश कहिले बन्छ ?
से नो एमसिसी, से नो एमसिसी

गीतमा संगीत र एरेन्ज तारानाथ आचार्यको छ भने स्वरमा आचार्यलाई पर्वती जिसी, ईश्वर सिंह, समीर रामदाम र सुरेश भुर्तेलले साथ दिएका छन् । डिजिटल स्टर रेकर्डिङ स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो । गीतकार उपाध्यायले देशलाई बचाउन आफ्नो पक्षबाट खबरदारी गर्ने क्रममा गीत लेखिएको जनाए । उनी भन्छन्, ‘एमसिसीको विरुद्धमा लेखिएको हो । यो पास भए देश युद्ध मैदान बन्छ, यसको निहुँ पारेर देश रणभूमि बन्छ ।’

संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाले बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार २९१ वर्ग मिटर जमिनमा उद्यानका संरचना बनाइने गाउँपालिकाले जनाएको छ । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अन्य पूर्वाधार बन्न बाँकी नै छ ।
आर्थिक स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट पनि बजेट उपलब्ध गराउनपहल भइरहेको उहाँको भनाइ थियोे ।

जनयुद्धका बेला ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धमा जिल्लाकै बढी असर परेको ठाउँ हो । त्यहाँका दुई जना अझै बेपत्ता छन् । “ताराखोलाका मात्रै नभएर अन्यत्र घर भएपनि यस ठाउँमा शहादत प्राप्त गरेका सहिदको पनि उद्यानमा सालिक रहन्छ”, अध्यक्ष घर्तीले भने । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ ।

कुनैताका युद्धमा हेलिएको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । शहीद उद्यान बन्दा त्यसले नयाँ पर्यटकीय आकर्षण बढ्ने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बबताइन् ।
“उद्यान निर्माणले सहिदको योगदानको स्मरण र सम्मान त हुने नै छ योसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुनेछ”, उनले भनिन्, “युद्ध पर्यटनका माध्यमबाट ताराखोलालाई चिनाउने हाम्रो उद्देश्य हो ।”