चुहिने टपरी टाल्ने कि फाल्ने?

-


     खडग पाण्डे    
     पौष ३० गते २०७८ मा प्रकाशित


म प्राथमिक बिद्यालयमा पढदै गर्दा नेपालमा पञ्चायति ब्यबस्था किशोर उमेरको थियो। मेरो बाल मस्तिषमा पञ्चायति ब्यबस्था भनेको कुनै फलफुल वा अन्नको जात होला जस्तो लाग्दथ्यो। किनभने पञ्चयती ब्यबस्था नेपालको हावा-पानी र माटो सुहाउदो ब्यबस्था हो भनिथ्यो। किसानहरुको कुराकानी सुन्दा  हावा-पानी र माटोको कुरा कुनै अन्न वा बिरुवा सँग सम्वन्धित हुन्थ्यो। “वर्ग समन्वय”को धरातलमा “हुकुम”बाट सन्चालित त्यो ब्यबस्था बयस्क उमेरमै अवसान भयो। ब्यबस्थाको त अवसान भयो तर पनि हावा, पानी र माटो सुहाउदो (जनता सुहाउदो होईन) ब्यबस्थाका अवसानको रुपमा रहेका प्रबृती र पद्द्ती अझै कायम देखिन्छ।

हालै निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आफ्नो पार्टिको अन्तरिम बिधान २०७८ बाट केही शब्दवली हटाउन निर्देशन गरेको कुरा बाहिर आएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आफ्नो अन्तरिम बिधानको प्रस्तावनामा राखेको “बर्ग संघर्ष” साम्यवादी दिशामा अगाडि बढनु, जनवादी क्रान्तिको  बाँकी कार्यभार पुरा गर्ने  लगायतका श्ब्दावलीमा निर्वाचन आयोगको आपत्ति जनायको भनिएको छ। निर्वाचन आयोगको जिकिर अनुसार माथि उल्लेखित शब्द नेपालको संबिधानको धारा ५६ को उपधारा ६  समेतको प्रतिकुल देखेछ।

हाम्रो संबिधान कसैको दया, माया वा अनुग्रहको उपलब्धी होईन। हजारौ शहिदहरुको बलिदान र लाखौं जनताको लामो संघर्षको राप र तापले तयार गरिएको नेपालको संबिधान २०७२ को प्रस्तावनामै … सबै प्रकारका विभेद उत्पिडनको अन्त्य गर्ने उल्लेख छ। नेपालको संबिधानले वर्गिय, जातीय, क्षेत्रिय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गर्ने प्रष्ट किटान गरेको छ। नेपालको संबिधानले बिचारको आधारमा सगठित हुने अधिकार सुनिस्चित गरेको छ। राजनीतिक दर्शन, सिद्धान्त र आदर्शले नै राजनीतिक दलहरु कृयाशिल हुने हो। वर्ग संघर्षलाई निषेधले राजनीतिको औचित्य समाप्त हुन्छ।

नेपाली वृहत शब्दकोश अनुसार “वर्ग” भनेको समान दृष्टिका कुनै जाति, पेशा, वर्ण, श्रेणी, स्तर, आकार प्रकार आदिको समुह  वा दल भन्ने बुझिन्छ। त्यसरिनै “वर्ग संघर्ष” भनेको समाजका पीडित र पीडक वर्ग बिच हुने संघर्षनै वर्ग संघर्ष हो। यदी राजनीतिबाट वर्ग संघर्ष हटाई दिने हो भने समाजमा  शोषक र शोषित बिच हुने द्वन्द वा युद्दलाई निषेध गर्दछ। वर्गहरुको स्वार्थको टकरावले समाजमा द्द्न्द हुन्छ। एउटा वर्गले अर्को वर्ग माथि दमन गर्दछ । दमन बिरुद्द्को संघर्ष नै वर्ग संघर्ष हो। सामन्त वर्गले श्रमिक वर्गलाई, दलाल पुजिपतिले रास्ट्रिय पुजिपतिलाई, कथित उपल्लो जातिले र हुँनेखाने हरुले हुँदा खानेहरुलाई गरिने दमन र शोषणमा मुखदर्शक हुने कि प्र्तिरोध गर्ने?

संसारलाई हेर्ने र विश्लेषण गर्ने मुलत: दुई दृष्‍टिकोण वा सिद्धान्त छन। एउटा आदर्शवादी र अर्को द्द्न्दात्मक भौतिकवादी।

आदर्शवादले असल कुरालाई लक्ष राखेर त्यसको प्राप्तिको लागि काम गरेमा संसार सुन्दर र सुखद हुन्छ भन्नेमा विश्वास गर्दछ। आदर्शवादिहरुको मान्यता अनुसार भौतिक जगत नासवान छ त्यसैले यो असत्य हो। आदर्शवादिहरु आध्यात्मिकतामा अन्तिम सत्ताको रुपमा लिन्छ। अदृश्य परलौकिक ईश्वरिय शक्ती अन्तिम सत्य मान्दछन।

भौतिकवाद अदृश्य वा परलौकिक सत्ता वा ईश्वरीय शक्तिलाई मान्दैनन। जीवन र जगतका बस्तु सत्यलाई मान्ने सिद्दान्त भौतिकवाद हो। भौतिक गुण तथा निर्माण तत्वलाई शाश्वत मान्दै भौतिक जगतलाई परिवर्तनशिल तथा बिकासशिल रुपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको हो भनी मान्य दर्शन वा सिद्दान्त भौतिकवाद हो। 

भौतिकवादिहरु परलौकिक शक्तिमा विश्वास गर्दैनन र समाजमा हुने  अन्याय, असमानता, शोषण, दमन लगायत सबै खाले बिभेद वर्ग स्वार्थले गरिन्छ र त्यसको बिरुद्द “वर्ग संघर्ष” अपरिहार्य हुन्छ। यदी राजनीतिक कर्मबाट “वर्ग संघर्ष” हटाई दियो भने राजनीतिक दलहरुको औचित्य समाप्त हुन्छ। 

के बाध र बाख्रो, स्याल र कुखुरा वा शोषक र शोषित एउटै पिजडामा राखेर “वर्ग समन्वय” ले लोक कल्याणकारी राज्य सम्भव छ्? वर्ग संघर्ष छोड्नु भनेको भौतिकवादी सिद्दान्त छोडनु हो। के नेपालको आवश्यता र जन चाहना र गन्तब्य आदर्शवादी आध्यामिकताको  घोर दक्षिणपन्थ हो? के मठ मन्दिर, गिर्जागर, मस्जित, गुम्वा वा गुरुद्दारको निर्माण र विस्तारले सबै बिभेद्को अन्त हुन्छ? के पुराण, कुरान, बाईवल आदिको प्रवर्धन् हाम्रो लक्ष हो? के जनता अब पुर्वजन्मको फल, दैवको लीला र चाहना हो भनी  गरी सबै खाले बिभेद, अन्याय र शोषण स्विकार गर्ने?   

निर्वाचन आयोग्को “निर्देशन” कुनै पार्टी बिषेशको बिषय मात्र होईन। यो एउटा राजनीतिक दर्शन माथिको प्रतिवन्ध हो। अझै पनि यी र यस्तै “निर्देशन” दिने संबैधानिक निकाय छन। यसबाट के प्रष्ट हुन्छ भने नेपाली क्रान्तिको कार्यभार अझै पूर्ण भएको छैन।

नेपाली राजनीतिक दल र जनता  पुर्वजन्मको फल भनी पितृ र परलोक सुधार्ने नाममा   भजन, क्रितन, कुरवान तिर लाग्ने कि वर्ग संघर्षको माध्यमबाट यही जीवन र भावी पुस्ताको जीवन   सुधार्न लाग्ने- तत्काल छनौट गर्नु पर्दछ।