शीत निन्द्रामा जाँदै फ्याउमुसा

-


     नयाँ लिपि    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित


हिमाली क्षेत्रमा व्यापक रुपमा पाईने फ्याउमुसाे शिशिर ऋतुकाे शुरुवात सँगै करिब ४ महिनाका लागी शीत निन्द्रामा जाँदै छन् । उच्च स्थानका घाँसे मैदानहरुमा २ मिटर देखि १० मिटर सम्मका प्वालहरु बनाई समुहमा बस्ने यो स्तनधारी प्रजाति खर्कहरुमा उम्रने साना घाँसका मुना, रसिला वनस्पतिका डॉंठहरु समेत खाने गर्दछन् । समुन्द्री सतहको ३ हजार देखि ५ हजार ५ सय मिटर उचाई सम्म पाईने यी प्रजाती हिउँ चितुवा, तिब्बतियन ब्यॉंसा तथा सुपर्ण महाचिलका आहारा भएको बरिष्ठवन्यजन्तुविज्ञ प्रो. करन बहादुर शाह बताउछन् । अंग्रेजीमा हिमालयन मार्मुट भनिने यस प्रजातिलाई हालै पर्यटन व्यवसायी तथा वन्यजन्तु फ़ोटोग्राफर पेम्बा शेर्पाले मनास्लु संरक्षण क्षेत्रमा तस्विर खिचेका हुन् ।