Skip to content

फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिनआइफोन १३ जित्न सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालकफोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालनहुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकमट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने उदेश्यले गतवर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहनगर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकमप्राप्तगर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथावित्तीय संस्थाकामोबाईल एप्स्मा रहेको सेण्ड मनिअप्सनमागइफोनपे डाइरेक्ट क्लिकगरि सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हाल सम्म ५ लाखभन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *