खेलकुद

२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघ २२ देखि

पोखरा । २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा ! रारा गोल्डकप हो । समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।… पुरा पढौ

वान डे क्रिकेट : पोखरा सेमीफाइनलमा

पोखरा । पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय वान डे क्रिकेट प्रतियोगितामा गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि सिबृन श्रेष्ठले ३५… पुरा पढौ

यू–१९ राष्ट्रिय  क्रिकेट : गण्डकी टोलीको नेतृत्व अर्जुनले गर्ने  

पोखरा । नेपाल क्रीकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय  क्रिकेट प्रतियोगितामा अर्जुन कुमालले नेत्तृत्व गर्ने भएको छ । कुमालको नेतृत्वमा १४ सदस्यीय टोलि को घोषणा भएको छ । यहि कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी  यू–१९ राष्ट्रिय टोलीका सदस्य समेत हुन । असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई-वाई यु-१९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता… पुरा पढौ

वान डे क्रिकेट : अरण्यज्योत ७६ रनले विजयी

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय वान डे क्रिकेट प्रतियोगितामा अरण्यज्योति त्रिकेट क्लब ७६ रनले विजयी भएको छ । अरण्यज्याति क्रिकेट क्लबले गण्डकी स्पोर्टस क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय वान डे क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९… पुरा पढौ

वान डे क्रिकेट : कास्की क्रिकेट च्याम्पियन बन्ने लयमा

पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरीय वान डे क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बन्ने लयमा देखिएको छ । आज(सोमबार) भएको खेलमा कास्की क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दे च्याम्पियन बन्ने लय देखाएको हो ।आजको हार संगै लेखनाथ क्रिकेट क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।समूह वि अन्तरगतको खेलमा ४७ रनको विजयी लक्ष्य पाएको पोखराले ७.४ ओभरमै ३ विकेट गुमाउँदै ४९ रन जोडेपछि सहजै जित हासिल गरेको हो । ओपनर सोहिल कुँवरले २४ रनको योगदान दिए । उनले २४ बलमा… पुरा पढौ

साफ महिला फुटबल : प्रशिक्षकलाई जन्मदिनमा गोलको उपहार

साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत आज (सोमबार) भएको खेलमा माल्दिभ्सलाई ११ गोलले हराउदै नेपाली खेलाडीेहरुले प्रशिक्षक राजेन्द्र तमाङलाई जन्मदिनको उपहार संगै खुसी दिएका छन । काठमाडौको दशरथ रंगशालामा नेपालले एकहोरो ११ गोल गर्दे नेपाली फुटबलमा अब्बल सावित गरेको छ । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरिन । रेखाले ५ र प्रीतिले ३ गोल गरिन । खेलको पहिलो हाफमै ४ गोलले अग्रता लिएको नेपालले माल्दिभसलाई खेलको अन्तिम समय सम्म एकहोरो प्रहार गरि रह्यो । नेपालका लागि सविता… पुरा पढौ

साफ महिला फुटबल :नेपालले पहिलो हाफमै ४ गोल

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सलाई नेपालले पहिलो हाफमै ४ गोल गरेको छ ।।दशरथ रङ्गशालामा जारी खेलमा नेपालले माल्दिभ्सलाई दबाबमा राख्दै खेलको पहिलो हाफमै ४ गोल गरेको हो। नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा छैटौं मिनेटमा प्रीति राईको गोल गर्दे अग्रता बनाएको थियो। दोस्रो गोल नेपालले २९ औँ मिनेटमा गर्न सफल भयो। सविता राना मगरले डिबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो । नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन्। रेखाले नै टिमका लागि ४२ औँ मिनेटमा चौंथो… पुरा पढौ

वान डे क्रिकेट : पोखरा ५ विकेटले विजयी

पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरिय वान डे क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा ८४ रनको विजयी लक्ष्य पाएको पोखरा क्रिकेट क्लबले ११.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । पोखराका लागि अर्जुन बुढाथोकीले ४८ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३० बलमा ४ चौका र ३ छक्काको मद्धतमा ४८ रन बनाएका थिए । ओपनर मुस्कान थापा १४ रनमा आउट भए… पुरा पढौ

निशिका अन्तर्राष्ट्रिय युथ  बक्सिङमा कास्कीबाट सहभागिता हुने पहिलो महिला खेलाडी

पोखरा । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबिए) द्वारा आयोजित ‘युथ मेन्स एन्ड उमेन्स् बक्सिङ च्याम्पियनसिप २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै कास्कीकी निशिका गुरुङले सहभागिता जनाउने भएकी छन् । 'अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्की बाट कुनै पनि  महिला बक्सिङ खेलाडीले भाग लिने अवसर पाएको छैन'  निशिका गुरुङ्ले आफ्नो बल्बुताले कास्कीबाट त्यो अवसर  पाउने पहिलो महिला खेलाडी बनेकी छिन ।' यो कास्की जिल्ला बक्सिङ संघकाे पनि सफलता हो ।  कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले भने ।  नेपाल बक्सिङ महासङ्घले गरेको पटक पटक गरेको छनोट प्रकृयाबाट  उनी छनोटमा परेकी हुन… पुरा पढौ

वान डे क्रिकेट : राइजिङ पोखरा ५ विकेटले विजयी

पोखरा । पोखरामा जारी क्लबस्तरीय वान डे क्रिकेट क्रिकेट प्रतियोगितामा राइजिङ पोखरा क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबलाई ५ विकेटले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की जिल्ला स्तरीय क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा ७७ रनको विजयी लक्ष्य पाएको राइजिङले १७.१ ओभमार ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । राइजिङले ७८ रन बनाउँदै जितसँगै स्पष्ट ३ अंक जोडेको छ ।राइजिङका लागि नविन पोखरेलले २० र कृष्ण पौडेलले १३ रनको अविजित पारी खेले । नविनले ४६ बलमा… पुरा पढौ