आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी
काठमाडौं, फागुन ९ गते । कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा…
पुरा पढौ
नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य
९ फागुन २०७९, मङ्गलबार काठमाडौं, फागुन ९ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले…
पुरा पढौ
चौथो अध्यक्ष कप शुरु
पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको…
पुरा पढौ
सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीलाई
आज भएको सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीले जितेका छन् भने महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाइले हालिल गरेकी छन् । पोखरामा आज सम्पन्न म्याराथन(४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उक्त उपाधि हासिल गरेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यसैगरी केन्याकै धावक जुलियस मोरियकीले…
पुरा पढौ
आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनलमा
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनल पुगेको हो । संकटाले खेलमा सुरुबाट नै दबाब बनाएको थियो । संकटाका लागि बिनोङ र मेसुकीले गाेल गरेका थिए । फाइनलमा पुगेकाे संकटाले चर्च ब्वाइज र भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।
पुरा पढौ
आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा ।
सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखी २३ गतेसम्म आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अहिले तयारी पूरा भएको छ । २२ औँ संस्करणकाे रूपमा हुनलागेको उक्त प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटानिज युथ स्पोर्टस क्लब अमेरिका, नेपाल प्रहरी…
पुरा पढौ
विश्व कपकाे उपाधि अर्जेन्टिनाकाे पाेल्टामा
अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्व कप फुटबल २०२२ काे उपाधि हात पारेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा दुवै टाेलीले एक एक गाेल थपेपछि खेल ३–३ गाेलकाे बराबरी पुगेकाे थियाे । त्यपछि भएकाे पेनाल्टी सुटआउटमा ४-२ गाेलले फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्व कपकाे उपाधि उचालेकाे हाे ।
पुरा पढौ
आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् ।पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण…
पुरा पढौ
कराँतेका गण्डकी र आर्मीलाई ३÷३ स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान ३ स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो । नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुष समूहमा स्वर्ण जितेको छ । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन्…
पुरा पढौ
नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा सुदुरपश्चिम प्रदेश विजयी
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ । आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो चरणमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै…
पुरा पढौ