विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर एनसजेफ गण्डकीले वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एनसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर 'पोखरा स्पोर्ट्स अवार्ड २०८०' मा उत्कृष्ट खेलाडी बन्न सफल पुरुष तथा महिला खेलाडीहरुलाई मंगलबार इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । स्कुटर प्राप्त गर्नेमा आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाल रहेका छन । उनीहरुले बैशाख २८ गते सम्पन्न भएको पोखरा स्पोर्ट्स अवार्डमा पुरस्कार बापत ई. स्कुटर प्राप्त गरेका हुन । क्रिकेटका अर्जुन हाल नियमित अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट…
पुरा पढौ
विभिन्न तौल समुहको केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न
पोखरा । पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव…
पुरा पढौ
कास्कीले उचाल्यो कबड्डीको उपाधि
पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि उचालेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि उचालेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई…
पुरा पढौ
निरमाया दोहोरी २० वर्षमा प्रवेश
पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ । सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा…
पुरा पढौ
प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य नियुक्त
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्य नियुक्त भएका छन । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर आएका हुन । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । परिषदको संगठन…
पुरा पढौ
नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन
पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे ।…
पुरा पढौ
पोखरामा ‘दि कन्टेन्डर फाइट’ हुने
पोखरा । पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै…
पुरा पढौ
स्याङजा महिला टि–२० क्रिकेट च्याम्पियन
पोखरा । पोखरामा आज(सोमबार) सम्पन्न भएको महिला किक्रेट प्रतियोगितामा स्याङजा च्याम्पियन भएको छ ।कास्कीलाई ४५ रनले पराजित पराजित गर्दे स्याङजा च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै स्याङजले नगद १ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको कास्कीले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । यहि असार ७ गते सुरु भएको प्रतियोगितामा सहभागि चार टिम मध्ये स्याङजा अपराजित रहेको छ । सोमबार भएको फाइनलमा समेत टस जितेर पारीको सुरुवात गर्दै स्याङजाले पुरै…
पुरा पढौ
अन्तर समाज तारो खेलको उपाधि पुन समाज पोखरा’ए’ लाई
पोखरा । पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम…
पुरा पढौ
कास्की र तनहुँलाई ह्यान्डबलको उपाधि
गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो । आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय…
पुरा पढौ