साफ महिला फुटबल :नेपालले पहिलो हाफमै ४ गोल
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सलाई नेपालले पहिलो हाफमै ४ गोल गरेको छ ।।दशरथ रङ्गशालामा जारी खेलमा नेपालले माल्दिभ्सलाई दबाबमा राख्दै खेलको पहिलो हाफमै ४ गोल गरेको हो। नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा छैटौं मिनेटमा प्रीति राईको गोल गर्दे अग्रता बनाएको थियो। दोस्रो गोल नेपालले २९ औँ मिनेटमा गर्न सफल भयो। सविता राना मगरले डिबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो । नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन्। रेखाले नै टिमका लागि ४२ औँ मिनेटमा चौंथो…
पुरा पढौ
वान डे क्रिकेट : पोखरा ५ विकेटले विजयी
पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरिय वान डे क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा ८४ रनको विजयी लक्ष्य पाएको पोखरा क्रिकेट क्लबले ११.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । पोखराका लागि अर्जुन बुढाथोकीले ४८ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३० बलमा ४ चौका र ३ छक्काको मद्धतमा ४८ रन बनाएका थिए । ओपनर मुस्कान थापा १४ रनमा आउट भए…
पुरा पढौ
पोखरा तनावग्रस्त,रिपोटिङ्गमा गएका पत्रकार घाइते
पोखरा । पोखरा अहिले तनावग्रस्त छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी काण्डमा प्रकाउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले प्रदर्शन गरेको छ । प्रर्दशन भए संगै यहाँको स्थानीय प्रशासनले पोखराको केहि ठाउँमा निशेषज्ञा जारी गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ । रास्वपाका नेता तथा कार्यकर्ता…
पुरा पढौ
निशिका अन्तर्राष्ट्रिय युथ बक्सिङमा कास्कीबाट सहभागिता हुने पहिलो महिला खेलाडी
पोखरा । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबिए) द्वारा आयोजित ‘युथ मेन्स एन्ड उमेन्स् बक्सिङ च्याम्पियनसिप २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै कास्कीकी निशिका गुरुङले सहभागिता जनाउने भएकी छन् । 'अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्की बाट कुनै पनि महिला बक्सिङ खेलाडीले भाग लिने अवसर पाएको छैन' निशिका गुरुङ्ले आफ्नो बल्बुताले कास्कीबाट त्यो अवसर पाउने पहिलो महिला खेलाडी बनेकी छिन ।' यो कास्की जिल्ला बक्सिङ संघकाे पनि सफलता हो । कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले भने । नेपाल बक्सिङ महासङ्घले गरेको पटक पटक गरेको छनोट प्रकृयाबाट उनी छनोटमा परेकी हुन…
पुरा पढौ
वान डे क्रिकेट : राइजिङ पोखरा ५ विकेटले विजयी
पोखरा । पोखरामा जारी क्लबस्तरीय वान डे क्रिकेट क्रिकेट प्रतियोगितामा राइजिङ पोखरा क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबलाई ५ विकेटले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की जिल्ला स्तरीय क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा ७७ रनको विजयी लक्ष्य पाएको राइजिङले १७.१ ओभमार ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । राइजिङले ७८ रन बनाउँदै जितसँगै स्पष्ट ३ अंक जोडेको छ ।राइजिङका लागि नविन पोखरेलले २० र कृष्ण पौडेलले १३ रनको अविजित पारी खेले । नविनले ४६ बलमा…
पुरा पढौ
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ– मन्त्री पाठक
लमजुङ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको दोस्रो…
पुरा पढौ
आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने
पोखरा । पोखरा महानगरपालिका २५ मा रहेको आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने भएको छ । शनिबार आर.एस.बिच क्लबले हेम्जाको अमबोट बिच फुटबल मैदानमा पत्रकार सम्मेलन गरिे फेस्टिभल बारे जानकारी दिएको हो । पोखरा महानगरपालिका २५ हेमजा कास्की स्थित एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना गर्न लागेको आर.एस.क्लबका अध्यक्ष रमेश कार्कीले बताए । कार्तिक ९ गते देखि सुरु हुने उक्त फेस्टिभलमा बल्छि हान्ने…
पुरा पढौ
निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाको स्वास्थ्य परिक्षण
तनहुँ । बन्दिपुर १ डुम्रे बजारमा आज (शुक्रबार ) सम्पन्न भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएको छन । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे इकाइ र क्षेत्रीय होटल सङ्घ डुम्रे इकाइको संयुक्त आयोजनामा भएको नि:शुल्क स्वास्थ्य शिविरमा फिजियोथेरापी, मधुमेह, थाईराइड लगायतको परिक्षण गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले बताए । शिविरमा ८० जनाको थाईरडको लागि रगत कलेक्सन गरेको थियो । उक्त शिविरमा लाइन्स क्लब अफ काठमाडौँ मिलन , NOVUS PATH LABS & DIAGNOSTIC CENTER PVT…
पुरा पढौ
वान डे क्रिकेट: दोस्रो दिन पनि वर्षा बाधक
पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको आज दोस्रो दिन भएको खेलमा पनि वर्षा बाधक भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को दोस्रो खेलमा माछापुच्छे« क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब बिचको खेलको दोस्रो इनिङमा वर्षा भएपछि १–१ अंक बाड्न परेको छ। बुधबारदेखि परेको वर्षाका कारण मैदान भिजेको थियो । वर्षाका कारण खेलमा ५० बाट घटाएर २५ ओभरको खेल खेलाइएको थियो । निर्धारित समय…
पुरा पढौ
एक दिवसीय क्रिकेट सुरु
पोखरा । पोखरामा आजबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाडेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले १–१ अंक बाडेका हुन् । बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको दोस्रो इनिङको खेल चलिरहँदा पुनः वर्षा…
पुरा पढौ