दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु
पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पतालमा उद्घाटन गर्दै स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए । प्रदेशका…
पुरा पढौ
पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सहयोग
पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन् । सहयोग…
पुरा पढौ
काठमाडौ महानगरपालिकाले ९१२ जनालाई दियो एक साथ रोजगारी
काठमाडौ महानगरपालिकाले ९१२ जनालाई एक साथ रोजगारी प्रदान गरेको छ । जसमा ३२९ जना निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो । काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक संञ्जाल फेसबुकमा स्टाटस मार्फत उक्त कुराको जानकारी गराएका हुन । काठमाडौ महानगरले रोजगारी प्रबद्र्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्धेश्यले ‘गौरव योजना रोजगार र आयवृद्धि काठमाडौको समृद्धि तथा श्रम बैक स्वर्णिम योजना’ अगाडि बढाएका थियो ।…
पुरा पढौ
पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ : अध्यक्ष विजुक्छे
जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् । आइतबार पोखरामा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलताको मर्मलाई आत्मसात गर्दै स्वायत्त कार्यक्रमका रूपमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनको अध्यापनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारको मागलाई दक्ष जनशक्ति पूर्ति गर्न क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । युवाहरूको पलायन रोक्न पर्यटन फस्टाउनु पर्छ, शिक्षा, सिप…
पुरा पढौ
चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला
शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ । घटना भएको स्थान भन्दा २ किलोमिटर तल उनको लास आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले बताए । हिजो (शनिबार)उनलाई नुहाउन जाने क्रममा खोलाले बगाएको थियो । आज(आईतबार) बिहान खोलाको किनारमा मान्छे देखे पछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको थिए । स्थानीयले खबर गर्ने बितिक्कै त्यहाँ पुगेको प्रहरीले उक्त लास निम बहादुरको भन्ने पुष्टि…
पुरा पढौ
गण्डकी प्रदेशका राष्ट्रिय खेलकुद प्रतियोगिता बिजेता खेलाडीहरु पुरस्कृत
पोखरा । गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश…
पुरा पढौ
केदारेश्वरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न
पोखरा ।केदारेश्वर महादेवमणी सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । २११ आंै भानुजयन्तीको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले भानुजयन्तीको अवसरमा गुरुकुलमा रहेका छात्रहरुले हाजिरजवाफ प्रतियोगिता गरेकोमा खुसी व्यक्त गर्नुभयो । केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर चित्घन चैतन्य महाराजले विद्या र ज्ञानको चर्चा गर्दै सिक्ने पर्ने कुरा बेग्लैमा सिक्नका लागि अनुरोध गर्नुभयो । सिकाईको अन्त्य कहिल्यै नहुने भन्दै उहाँे जीवनमा असम्भव भर्ने केही नरहेको भन्दै दृष्टान्तले बटुकहरुलाई…
पुरा पढौ
पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीको स्वास्थ्य परीक्षण
पोखरा ।पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिबिरको शुभारम्भ गरेका थिए । निःशुल्क…
पुरा पढौ
बेबिल्याण्डको सिद्ध बराह आधारभुत विद्यालयलाई सहयोग
पोखरा । पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ । बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आउनुभएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । आयोजकका तर्फबाट…
पुरा पढौ
गुरुङ समाज जापानको अध्यक्षमा युवराज
रामचन्द्र राई, जापान ।गुरुङ समाज जापानको प्रथम अधिवेशनले युवराज गुरुङलाई अध्यक्षमा चयन गरेको छ । २५ सदस्यीय कार्यसमिति रहने गरि गठित गुरुङ समाज जापानको प्रथम अधिवेशनले उपाध्यक्षहरुमा चन्द्र गुरूङ ,प्रकाश कोके गुरूङ र आशिष गुरूङ महासचिवमा मोती गुरूङ ,सचिवमा पदम गुरूङ ,कोषाध्यक्षमा राम गुरूङ ,सह-कोषाध्यक्षमा कुमार गुरूङ चयन गरेको हो । त्यस्तै सदस्यहरुमा कौशल गुरूङ ,प्रिती गुरूङ,जमुना गुरूङ ,जेबी गुरूङ ,याम गुरूङ ,आशिष गुरूङ ,सोमन गुरूङ ,महादेव गुरूङ, आशिष गुरूङ ,विष्णुमाया गुरूङ ,दिपक घले ,जगदिश गुरूङ, टुम गुरूङ ,आष्मा गुरूङ…
पुरा पढौ