ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार पोखरा– २ मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए…
पुरा पढौ
पोखरामा लागू औषध सहित चार जना पक्राउ
पोखरा । लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा सर्च गर्दा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३ नदिपुरबस्ने वर्ष २५ को प्रदिप पुन, पोखरा म.न.पा. वडा नं. ४ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपाली र गणेश टोल बस्ने वर्ष १९ को सुमित परियार रहेका…
पुरा पढौ
‘क्रस कन्ट्री दौड प्रतियोगिताको कात्तिक २४ गते हुने
पोखरा । ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता पर्यटनको राजधानी पोखरामा कात्तिक २४ गते हुने भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चारवटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल…
पुरा पढौ
दाङबाट पोखरा भ्रमण आएको बस दुर्घटना
पोखरा । पोखरा महानगरपालिका २२ शान्तिस्तुपा नजिकै आज बस दुर्घटना हुदाँ २ जना घाईते भएको छ । नव युवा क्लब दाङबाट भ्रमणका लागि पोखरा आएको रा १ ख २१०६ नं. मिनि बस पुम्दिकोटबाट छोरेपाटन तर्फ आउँ दै गर्दा दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमान पुग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए । जसमा ७ जना महिला र १७ जना पुरुष थिए । बस बाटोको छेउमा रहेको तिदुको बोटमा अड्किएको कारण ठुलो क्षेति हुन…
पुरा पढौ
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेर उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यसअघि सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । उनी २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
पुरा पढौ
आमाको स्मृतिमा भोजन र अक्षयकोष स्थापना
पोखरा । अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गर्नुभएको छ । आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । अधिकारीले अक्षयकोषका लागी नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गर्नुभयो ।त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको वताउँदै, युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश…
पुरा पढौ
वान डे क्रिकेटको उपाधि राइजिङलाई
पोखरा । पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय वान डे क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले उपाधी छ । आज पोखरा रंग शालामा भएको फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय…
पुरा पढौ
तिहारमा स्वदेशी फूलको प्रयोग गर्न कृषि मन्त्री श्रेष्ठ आग्रह
पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह…
पुरा पढौ
साफ महिला फुटबल : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
साफ महिला फुटबलको आज अबेर सकिएको खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर नेपाल फाईनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिए पछि खेल पेनाल्टीमा पुगेको थियो । प्रिती राईको पासमा गोल मेसिन साबित्रा भण्डारी 'साम्बा' ले गोल गरेर खेललाई बराबरी गरेकी थिईन । नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यो जित सङै नेपालले बङलादेश सङ उपाधीको लागि भिडने छ । दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका…
पुरा पढौ
प्रदेश प्रमुखमुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण
पोखरा।गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले…
पुरा पढौ