सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे । “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक…
पुरा पढौ
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
पोखरा । नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर,…
पुरा पढौ
मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत
पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल) ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा विश्वस्त छु।’…
पुरा पढौ
मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’
पोखरा । हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् । मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज (बिहीबार) निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन्द्र)र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा २० जना…
पुरा पढौ
स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले…
पुरा पढौ
‘दिलसरा’ भदौ ३ गते प्रर्दशन हुदै
पोखरा । मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदैछ ।चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा महिलाहरुले संघर्ष गर्नुपर्ने बाध्यात्मक सामाजिक परिवेश र सफलताको ऐनाको रुपमा चित्रण गर्ने प्रयत्न गर्ने चलचित्रका निर्माता तथा कथा लेखक जुना थापामगरले बताइन् । “देशको अधिकांश हिस्सा हामी आदिवासी जनजाति समुदायले ओगटेका…
पुरा पढौ
रुम नं. ३०३ मा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका ८ भोटेपुलस्थित कंचनजंघा होटल एण्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका सोही उपमहानगरपालिका १६ बस्ने ४९ वर्षीया प्रमिला योङदेन समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रूपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पुरा पढौ
बुवाको हत्या गरेका अभियोगमा छोरा प्रकाउ
सिन्धुली । आफ्नै बुवा ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका ७ पन्थचौरी लामपात बस्ने २१ वर्षीय अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अमृतले आफ्नो बुवा लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पुरा पढौ
पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने कैलाली गोदावरी नगरपालिका २ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना संग ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागताहाचल काठमाडौं…
पुरा पढौ
चोरीको सुन किन्ने र बेच्ने प्रहरीको फन्दामा
पोखरा। पोखरामा चोरीको सुन किन्ने र बेच्ने दुवैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई चोरीको सुन खरिद गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । आईतबार दिउसो २ बजे पोखरा ६ लेकसाईडमा २० वर्षिया एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाईकल आएर चक्कु देखाई घाँटीमा राखि दुई तोला बराबरको सुनको सिक्री नगद १२ हजार र उनी संग भएको ब्याग लुटेको थियो । घटना भएको जानकारी प्राप्त…
पुरा पढौ