समाचार

लामाचाैर कप :  पुरुष भलिबलको उपाधि पुलिसलाई  

पोखरा । पाेखरामा अायाेजित लामाचाैर कपमा पुरुष भलिबलको उपाधि पुलिस क्लबले उचालेको  छ। शनिबार  सम्पन्न भएको फाइनल खेलमा  एपिएफ भलिबल टिमलाई ३-२ सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।   पहिलाे सेट पुलिसले २५-१६ ले जितेको हो । दाेस्राे सेटमा एपिएफले कमब्याक गर्दै २५-२१ को नतिजा निकाल्यो । तेस्राे सेट पुलिस  २५-१९ ले नतिजा निकाल्दै जितको संकेत दिए ।  चाैथाे सेट एपीएफ २५-२२ ले जित्दै पुलिसलाई सहज जित बाट पारा लगायो । निक्कै प्रतिस्पर्धात्मक खेलको पाचौ सेटमा पुलिस ले १६-१४ को नतिजा निकाल्दै विजयी भएको… पुरा पढौ

पोउवासंघ महाधिवेशनः उपमहासचिव पदको स्वतन्त्र उम्मेदवार प्रधानाङ्ग घरदैलोमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले उपमहासचिव उम्मेदवारी सुदिप प्रधानाङ्ग घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका सुदिप प्रधानाङ्ग चुनावी मैदानमा छन् । कुनै पनि व्यवसायी संस्थामा राजनिति हुनुहुन्न भन्ने प्रधानाङ्ग उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारका रुपमा खरो भएर उर्तिएका छन । पदिय कार्यश्रेत्र भित्र रहि प्रधानाङ्गले व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने जनाएका… पुरा पढौ

लामाचौर महोत्सव सम्पन्न

पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा… पुरा पढौ

मिस मगरको अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स

पोखरा । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ ।  एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने मिस मगर नेपालको अफिसियल एयरलाइन्समा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको हो ।  निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको अफिसियल एयरलाइन्स पार्टनरको रुपमा यति एयरलाइन्सका प्रतिनिधि राम लामिछाने र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा… पुरा पढौ

लामाचौर भलिबलको उपाधि एपिएफलाई

पोखरा । लामाचौर कप भलिबल महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुदायक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।  भट्टले शुक्रबार एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको हो ।   भट्टले भन्नुभएको छ – ‘परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान… पुरा पढौ

पोखरा १३ को घुम्ती सेवा

पोखरा । पोखरा महानगरपालिका १३ ले घुम्ती सेवा प्रवाह सुरु गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरुलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएका छन् । पोखरा १३ को गतिविधिले त्यस ठाउँको स्थानीयलाई सरकार घरमा नै आएको… पुरा पढौ

लामाचौर कप: महिलातर्फ न्यु डायमण्ड शीर्षस्थानमा

पोखरा । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल मैदानमा जारी लिगको अन्तिम खेलमा एपिएफलाई सोझो सेटमा हराउँदै शीर्षस्थान हासिल गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो… पुरा पढौ

लामाचौर तीज महोत्सव सुरु

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा… पुरा पढौ

लामाचौर कप : महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

पोखरा । पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ  । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण… पुरा पढौ