अन्तर्राष्ट्रिय

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन झन चर्किदै

बङ्लादेशमा आरक्षण विरोधी आन्दोलन झन चर्किदै गएको छ । चर्कदै गएको हिंसालाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३५ भन्दा बढि पुगेको अनुमान गरिएको छ । बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरुले आन्दोलन गर्दे आएका छन । आन्दोलन चर्कदै गए पछि सरकारले विद्यालय र विश्वविद्यालय अर्को सूचना जारी नहुदाँ सम्म लागि बन्द गरेको छ । साथै इन्टरनेट सेवा पनि… पुरा पढौ

गुरुङ समाज जापानको अध्यक्षमा युवराज

रामचन्द्र राई, जापान ।गुरुङ समाज जापानको प्रथम अधिवेशनले युवराज गुरुङलाई अध्यक्षमा चयन गरेको छ । २५ सदस्यीय कार्यसमिति रहने गरि गठित गुरुङ समाज जापानको प्रथम अधिवेशनले उपाध्यक्षहरुमा चन्द्र गुरूङ ,प्रकाश कोके गुरूङ र आशिष गुरूङ महासचिवमा मोती गुरूङ ,सचिवमा पदम गुरूङ ,कोषाध्यक्षमा राम गुरूङ ,सह-कोषाध्यक्षमा कुमार गुरूङ चयन गरेको हो । त्यस्तै सदस्यहरुमा कौशल गुरूङ ,प्रिती गुरूङ,जमुना गुरूङ ,जेबी गुरूङ ,याम गुरूङ ,आशिष गुरूङ ,सोमन गुरूङ ,महादेव गुरूङ, आशिष गुरूङ ,विष्णुमाया गुरूङ ,दिपक घले ,जगदिश गुरूङ, टुम गुरूङ ,आष्मा गुरूङ… पुरा पढौ