साहित्य समाजसेवा पुरस्कार माकाजूलाई
पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् । प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ । समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख ५५…
पुरा पढौ
बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत
पोखरा । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी किनारमा…
पुरा पढौ
सहकारीको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन
पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले रक्तदानको महत्व बारे प्रकाश पार्दै महानगरभित्रका सहकारीहरुमा सम्स्या नपरेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए ।
पुरा पढौ
प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट’ शाखाको अध्यक्षमा शर्मा
पोखरा । प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा {शिव} सर्वसम्मत चयन भएका छन्। युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए । यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भएका छन् । यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको बिकास र प्रबर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए । उनले आफुलाई…
पुरा पढौ
चलचित्र पत्रकार संघ कास्कीले खोल्यो रिभ्यू बक्स
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ । विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था…
पुरा पढौ
पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए
तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राती नै भेटिएको हो । सोही ठाउँका ३७ वर्षीया अनिष बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको आइतबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । सोही ठाउँमा पहिरोमा परी घाइते भएका ५ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार…
पुरा पढौ
युरोकप २०२४ : इङ्ग्ल्याड सेमिफाईनलमा प्रवेश
युरोकपको भखरै सकिएको खेलमा स्विजरल्यान्डलाई पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाईनलमा प्रवेश गरेको छ । इङग्ल्यान्डले पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो । निर्धारित समयमा दुबै टीमबाट १/१ गोलको बराबरी भए पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । स्विजरल्यान्डका इमबोलाले खेलको ७५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको इङग्ल्याडले खेलाडी परिवर्तन गर्न लागेको तयारी गर्दै गर्दा खेलको ८० औ मिनेटमा साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले डि राईसले पास दिएको…
पुरा पढौ
पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो
स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका ६ मा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ । ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । जसमा विरुवा गाउँपालिका ६ लामाखेतका ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षिय माधब शर्माको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्याङ्जा कै आधीखोला गाउँपालिका ४ सेपत भन्ने ठाउँमा पर्वत फलेबास नगरपालिका १ का ४० वर्षिय झलक पौडेललाई खोलाले बगाई ल्याएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढौ
प्रदेशस्तरीय टेनिस खेल पुरा, फाइनल खेल वर्षाले प्रभावित
पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न भएको छ । यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ । प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र…
पुरा पढौ
भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत भाग लिने ह्याण्डबल टोलीको बिदाई
पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् । प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि…
पुरा पढौ