Author Archive

नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

काठमाडौं । नेपालका २ वटा बिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोवाईल एसोशिएसन (नासा नेपाल)ले भियतनाममा अवस्थित AIP Foundation को सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तगर्त धुलिखेल, काभ्रेमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र भैँसेपाटी, ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयको स्टार रेटिङ गरेको थियो । लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारिति सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र आदर्श सौलः… पुरा पढौ

बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ ।  कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको उल्लेख गर्नुभयो ।  संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई  साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको बताउँदै उहाँले असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार… पुरा पढौ

आइटी पढ्नेलाई पोखरा-१२ ले इन्टरनेट नि:शुल्क गर्दिने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ ले आइटी पढ्ने विद्यार्थीका लागि ईन्टरनेट नि:शुल्क गर्ने भएको छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा ईन्टरनेटको सुविधा उपलब्ध गराएको हो । ईन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज हुनुका साथै अविभावकलाई आर्थिक भार समेत कम भएकोमा विद्दार्थीहरु दंग भएको एक विद्दार्थी प्रज्वल बास्तोलाले बताए । अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ… पुरा पढौ

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण 

पोखरा ।  जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताएका छन् ।  “कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको संरक्षणमा… पुरा पढौ

जुवातास खेलिरहेका ७ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरबाट जुवातास खेलिरहेको अवस्थामा गएराति साझ ७ जना पक्राउ परेका छन । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको ७ जनाबाट १ लाख बाह्र हजार ९० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्को कसुर अन्तरगत जुवातास खेल्न वा सट्टेबाजी गर्न नहुने सम्बन्धि मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ । पुरा पढौ

मंसिर अन्तिम साता गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाँच प्रदर्शन गर्ने

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन्… पुरा पढौ

कृषकहितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कृषि मन्त्री श्रेष्ठको निर्देशन

पोखरा । गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका साथ सेवामा खटिइन उनले निर्देशन दिएकी हुन् । मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा… पुरा पढौ

ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न   

पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।  शनिबार पोखरा– २  मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे ।  कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए… पुरा पढौ

पोखरामा लागू औषध सहित चार जना पक्राउ

पोखरा । लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा सर्च गर्दा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३ नदिपुरबस्ने वर्ष २५ को प्रदिप पुन, पोखरा म.न.पा. वडा नं. ४ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपाली र गणेश टोल बस्ने वर्ष १९ को सुमित परियार रहेका… पुरा पढौ

‘क्रस कन्ट्री दौड प्रतियोगिताको कात्तिक २४ गते हुने

पोखरा । ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता पर्यटनको राजधानी पोखरामा कात्तिक २४ गते हुने भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चारवटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल… पुरा पढौ